रिब्दीकोट गाउँपालिकाले सत प्रतिशत अनुदानमा एक घर एक करेसाबारी कार्यक्रम शुरू ।

२०७७, १६ मंसिर मंगलवार १०:४८

सन्तोष गहतराज,पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउंपालिकाले सत प्रतिशत अनुदानमा एक घर एक करेसा वारि कार्यक्रम शुरू गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिकाले अध्यक्ष नारायण जिसीले रिब्दिकोटको धेरै जसो ठाउहरूमा तरकारी खेती सम्भावना रहेकोले पालिकाका नागरिकहरूलाई तरकारीमा आत्म निर्भर बनाउने उधेश्यका साथ एक घर एक करेसा वारि कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।

पछिल्लो समयमा मानिसहरूले बजारबाट किनेर ल्याएको तरकारी उपभोग गर्दा स्वास्थ्य दिन प्रतिदिन बिग्रदै गएको समयमा पालिकाले आ. ब २०७७/०७८ को वार्षिक स्विकृत कार्यकमबाट करिब १० लाख रकम बिनियोजन गरि पालिकाका सबै वडाका नागरिकहरूलाई मध्ये नजर गरि अर्गानिक तरकारी उत्पादन तथा उपभोग गराउने उधेश्यले कार्यक्रम सञ्चालन गरिएको पनि बताउनु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत प्रेम चन्द्र अर्यालका अनुसार रिब्दीकोट गाउंपालिका भित्रका करिब ४७ सय घरधुरी कृषकलाई सत प्रतिशत अनुदानमा मिनी किट कार्यक्रम अन्तर्गत काक्रा, करेला, टमाटर साथै एक घर एक करेसावारी कार्यक्रम अन्तर्गत सत प्रतिशत अनुदानमा किचन गार्डेन सेट अन्तर्गत मुला, धनिया, प्याज, सिमी, रायोको बीउ वितरण कार्य सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत अर्यालले बताउनु भयो ।

वितरणको पहिलो दिन रिब्दीकोट वार्ड न ५ कुसुमखोलाका करिब ४२२ भन्दा धेरै घरधुरीलाई वितरण गरिएको बताउनु भयो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले सबै पालिकाका नागरिकहरूलाई मध्ये नजर गरि एक घर एक करेसा वारि कार्य ल्याएको बताउदै अर्गानिक तरकारी उत्पादन गरि अात्मनिर्भर हुन आग्रह गर्नु भयो ।

Comments

ताजा खबर