विश्वराज पोखरेल एआईजीमा बढुवा सिफारिस

२०७७, १६ मंसिर मंगलवार ००:१६

काठमाडौ। नेपील प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिसभएका छन्   सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो

फोटो फाईल

केही अघिमात्र मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो भने सोही  दरबन्दीमा उनी बढुवा सिफारिस भएका हुन्

बैठकपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई प्रेषित गरेको  पत्रमा प्रहरी नियमावली, २०७१, (संशोधन सहित) को नियम २७ कोउपनियम () को प्रावधानअनुसार सिफारिस गरिएको उल्लेख

पोखरेल हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रहेका छन् भने अबको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि उनीएआईजीमा बढुवा हुनेछन्

गृहले उनलाई बढुवा सिफारिस गरेसँगै उनी आगामी आईजीपी बन्ने पक्कापक्की जस्तै देखिएको  

 

Comments

ताजा खबर