हेक्लाङमा वास योजना तर्जुमा बैठक सम्पन्न ।

२०७७, १५ मंसिर सोमबार ००:०८

पाल्पा । पूर्वखोला गाउँपालिकाको आयोजना र खानेपानी सरसफाइ तथा स्वच्छता वास योजना मोबाईल एप्लिकेसन मार्फत संकलन गरिएका तथ्यांक प्रस्तुति तथा खानेपानी योजना कार्यक्रम को समन्वयमा खानेपानी सम्बन्धि छलफल कार्यक्रम पूर्वखोला -६ हेक्लाङ्गमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रशिक्षण गर्दै लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय वास विशेषज्ञ दिपक भट्टराइले ले पूर्वखोला गाँउपालिकाको गाउँपालिका भित्रका ६ वटा वडाका सम्पूर्ण घरधुरी साथै खानेपानी योजनाहरुको सर्वेक्षण गणक साथीहरूले गर्नु भएको भट्टराइले बताउनु भयो ।उहाले हाल सम्म रिङ्नेरह , देविनगर र हेक्लाङ मा यसको समिक्षा तथा बैठक सम्पन्न गरेको बताउनु भयो ।

हेक्लाङ्गमा ४२९ घर धुरी को खानेपानी शौचालय सम्बन्धी तथ्यांक प्रस्तुति गर्दै समग्रमा हेक्लाङ्ग वडा सफा र स्वस्थता रहेको वताउनु भयो अझै केही घर परिवारमा सरसफाइको सुचक पूरा नभएकाले यसलाइ पूरा गर्न पर्ने वताउनु भयो । कार्यक्रमका अध्यक्ष हेक्लाङ्ग वडा अध्यक्ष मन बहादुर सारुको अध्यक्षतामा खानेपानीको पहुँचको लागि निकै प्रयास गरिएको र १ घर १ धारा वडा भरि सबैको पहुँचमा पानी पुग्न गरि कार्यविधि बनाएर समस्यालाई समाधान गर्न पालिका देखि प्रदेश सम्म योजनालाई प्राथमिकतामा पारी पठाउने प्रतिबद्धता गर्नु भएको छ ।

साथै कार्यक्रम सम्पूर्ण वडाका वडा सदस्य वास कार्यक्रम पूर्वखोला प्रमुख शिव प्रसाद न्यौपाने ,पूर्वखोला गाँउपालिका सुचना शाखा प्रमुख सुचना ज्ञवाली वडाका कर्मचारीहरु , पत्रकार , अन्य व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संचालन शिव प्रसाद न्यौपानेले गर्नु भएको थियो ।

Comments

ताजा खबर