यार्सागुम्बा सहित पक्राउ

२०७७, १२ मंसिर शुक्रबार ०९:२७
सुर्खेत, १२ मंसिर । अवैध रुपमा लैजाँदै गरेको यार्सागुम्बा सहित ४१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा लैजाँदै गरेको २ केजी ९ सय २० ग्राम यार्सागुम्बा सहित जुम्ला कनकासुन्दररी गाउँपालिका–४ लेकपरका पुर्ण बहादुर बुढा बिहीवार दिउँसो पक्राउ परेका हुन् ।

फाइल फोटो

विशेष सूचानाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले बीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलस्थित ना.६ ख ८२४४ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार पुर्ण बहादुरको झोलामा उक्त यार्सागुम्बा फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु