सिद्धार्थ राजमार्गको झुम्सा-दोभान खण्ड कालोपत्रे हुने

२०७७, १२ मंसिर शुक्रबार ०९:०९

पाल्पा । सडकमा परेका खाल्डाखुल्डी ले सास्ती खेपेका यात्रुहरूलाई केही रहत हुने भएको छ । सिद्धार्थ राजमार्गकाे झुम्सा-दाेभान सडकखण्डमा कालाेपत्रे गर्न लागिएपछी यात्रामा सहज हुने भएको हो । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार २०७७ मंसीर १४ गतेदेखि मंसीर १८ गतेसम्म कालोपत्रेको काम हुने छ । कालोपत्रेका लागि दैनिक चार घण्टा सडक बन्द हुनेछ । जसका लागी बिहान१०:३० देखि १२: ३० सम्म र दिउँसो २:०० देखि ४:०० सम्म दुई सिफ्टमा राजमापुर्ण रुपमा बन्द हुने भएको छ ।
निकै नै ब्यस्त हुने सिद्धार्थ राजमार्ग पटक-पटक बन्द हुँदा सास्ती बेहाेर्नु परेकाे गुनासाे यात्रुले गर्दै आएका छन् ।

Comments

ताजा खबर