झापा दमकका एक व्यक्तिद्वारा आफ्नै श्रीमतीको हत्या

२०७७, ८ मंसिर सोमबार ०५:३६

झापा। झापाको दमक नगरपालिका का ४७ वर्षिय चुडामणि भण्डारीले आफनै श्रीमतीको हत्या गरेका छन्।आइतबार साँझ .३० बजेतिरकमल गाउँपालिका जीवन चोकस्थित आफ्नो खेतीमा गएको समयमा भण्डारीले ३८ बर्षकी श्रीमती टिकामाया पौडेल भण्डारीलाईखुकुरी हतियार प्रहार गरी हत्या गरेका हुन्।खुकुरी प्रहारबाट टिकामायाको घटनास्थलमै मृत्यु भएको छ। घटनापछि हत्यामा संलग्नभण्डारीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए।खुकुरी प्रहार गर्ने भण्डारीकेही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए। श्रीमती अर्कैसँग लागेको शंका गर्दै उनले खुकुरी प्रहार गरेको जनाइएको छ।उनले श्रीमतीसँगै रहेका दमक का ३५ वर्षिय प्रकाशचन्द्र दाहाललाई पनि खुकुरी प्रहार गरेका छन्।

गम्भीर घाइते दाहाललाई उपचारका लागि दमकको एड्भान्स हस्पिटल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बिर्तामोडको बिएण्डसीहस्पिटल पठाइएको डिएसपी पण्डितले बताए।टिकामाया प्रकाश धान उठाउन आएका थिए। भण्डारीले शंका भरमा आफ्नै श्रीमतीकोहत्या गरेको प्रहरीले जनाएको छ।

Comments

ताजा खबर