विप्लव समूहका सेक्सन कमान्डर पेस्तोलसहित पक्राउ

२०७७, ७ मंसिर आईतवार १३:२९

विराटनगर, मंसिर मोरङ प्रहरीले उर्लाबारीबाट प्रतिबन्धित नेकपा (नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह)का एकजना सैन्यलडाकुलाई पेस्तोलसहित पक्राउ गरेको

ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका घर भई मोरङमा बसेर पार्टीको गतिविधिमा संलग्न रहँदै आएका ३२ वर्षीय पेम्बा साङ्गेशेर्पालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो

पक्राउ परेका शेर्पाको साथबाट प्रहरीले मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा पम्प्लेटतथा अन्य दास्तावेजहरु पनि बरामद गरेको

फोटो फाईल

एसपी खड्काला विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका तरुण चोकस्थित राधिका माध्यमिक विद्यालयनजिकबाट शनिबार साँझ पक्राउ गरिएको बताउनुभयो

पक्राउ परेका शेर्पाविप्लवसमूहको नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको उनलाई हिरासतमा राखेर अनुसन्धानभइरहेको मोरङ प्रहरीले बताएको उनले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखिविप्लवसमूहको गतिविधीसञ्चालन गरिरहेको खुलेको

पक्राउ परेका व्यक्ति विप्लव समूहको सैन्य लडाकु सेक्सन कमान्डर रहेको एसपी खड्काले जानकारी दिनुभयो शेर्पाविरुद्धहातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउन आइतबार म्याद थप गर्ने तयारी रहेको एसपी खड्काले बताउनुभयो ।(news 24बाट साभार)

Comments

ताजा खबर