उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट, अर्को बम डिस्पोजका लागि सेना खटियो

२०७७, ७ मंसिर आईतवार ०८:११

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ। बम विस्फोटबाट कार्यालयका झ्यालढोकाका सिसा फुटेका छन्भने भवन चर्किएको प्रहरीले जनाएको छ।

गएराति सवा बजे कार्यालयको सहायता कक्ष रहेको बरन्डामा विस्फोट भएको उदयपुरका प्रहरी प्रमुख, एसपी भीमप्रसाद दाहाललेबताए। उनका अनुसार विस्फोटबाट कार्यालयको दराज फर्निचरमा समेत क्षति पुगेको छ।

गाउँपालिका कार्यालयको गेटमा अर्को बम समेत राखिएको पाइएको छ। अहिले घटनास्थलमा प्रहरी टोली पुगेको भने बम डिस्पोजकालागि नेपाली सेनाको टोली पुग्दै गरेको एसपी दाहालले बताए। 

अहिलेसम्म बम कसले बिस्फोट गरायो भन्ने खुल्न नसकेको उनले बताए।बरन्डामा सुतली बम विस्फोट भएको देखिन्छ। विस्फोटकसले गरायो भन्ने खुलेको छैन। कसैले जिम्मा पनि लिएको छैन”, एसपी दाहालले भने, “घटनाको अनुसन्धान गरिहेका छौं। थप खुल्नबाँकी छ।

गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले पनि विस्फोट गराउनुपर्ने कुनै कारण नरहेको बताए। आफूहरूलाई अहिलेसम्म कतैबाट कुनैप्रकारको माग, धम्की केही नआएको एक्कासी विस्फोट गराइएको उनले बताए।

हामीले हाम्रो काम राम्रैसँग गरिरहेका छौं, कतैबाट यो तहको असन्तुष्टि आएको थिएन”, गाउँपालिका अध्यक्ष थापाले भने, “एक्कासीविस्फोट गराइएको छ। हामी पनि अचम्मित भएका छौं।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु