समुद्रको १० हजार मिटर गहिराइमा चिनियाँ अनुसन्धान टोली

२०७७, ५ मंसिर शुक्रबार १४:२६

एजेन्सी चीनले समुद्रको सबैभन्दा गहिराइमा मानवसहितको पनडुबी पठाएको छ ।

फाइल फोटो

चिनियाँ वैज्ञानिकहरुले मानव सहितको पनडुबी शुक्रबार पृथ्वीकै सबैभन्दा गहिराइमा रोकिराखेको भिडियो सार्वजनिक गरेका छन् । चिनियाँ सरकारी मिडियाका अनुसार उक्त ‘फेन्डुझे’ डुंगा तीन जना अनुसन्धानकर्ता टोली सहित १० हजार मिटर गहिराइसम्म पुगेको थियो ।

सीसीटिभीले सार्वजनिक गरेको भिडियो अनुसार समुद्रको गहिराइभित्र क्यामेराले हरियो र सेतो रंगको पनडुबी अँध्यारो पानीको सतह हुँदै बाक्लो लेदोतर्फ लम्किरहेको देखाएको छ । यसै महिनाको सुरुमा मानव सहित १० हजार ९ सय ९ मिटर समुद्री गहिराइसम्म पुगेर फेन्डुझेले विश्व रेकर्ड कायम गरेको हो ।उक्त पन्डुबीलाई समुद्र भित्रका जैवीक नमुना संकलनका लागि वरपरका वस्तुको ध्वनी पहिचान गर्नसक्ने गरी रोबोटिक हतियार समेत जडान गरिएको छ । पन्डुबीबाट त्यहाँ रहेका विभिन्न प्रजाति र समुद्र भित्र छरिएर रहेका जीवीत वस्तुको अवलोकन पनि गरिने बताइएको छ । र अनुसन्धानकर्ताहरुले आफ्नो कामका लागि विभिन्न नमुना संकलन गर्नेछन् । ‘चाइनीज एकेडेमी अफ साइन्सेज’का अनुसान्धाता झु मिनका अनुसार उनीहरु यस अनुसन्धानमा वास्तविक रुपमा सफल हुनुअघि दुईवटा परीक्षण गर्नेछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु