तिनाउ वडा न ६ शिखरडाडामा दुई दिने पुर्व सहकारी शिक्षा तालिम सञ्चालन ।

२०७७, ५ मंसिर शुक्रबार १३:४५

सन्तोष गहतराज , पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा न ६ को शिखर डाडा र चिदिसका दलित समुदायका नागरिकहरूलाई मध्ये नजर गरि २ दिने पुर्व सहकारी शिक्षा तालिम सञ्चालन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले तालिमको शुभारम्भ गर्दै अहिले तिनाउ गाउँपालिका करिब २२ वटा सहकारीहरू दर्ता भएको बताउदै ४ वटा प्रदेश स्तरीय,१७ वटा सकृय र १ वटा निष्कृय रहेको बताउनु भयो । यो तालिम अहिले वडा न ६ का नागरिकहरूले सहकारी सञ्चालन गर्ने तयारी गरिरहेको समयमा सहकारी सञ्चालन गर्नु भन्दा अगाडि सहकारी सम्बन्धि तालिमको वडाका नागरिकहरूले माग गरेकोले गाउँपालिकाले बजेट बिनियोजन गरि तालिम सञ्चालन गरेको बताउनु भयो । साथै तालिम पश्चात सिकेका कुराहरूलाई व्यवहारिक बनाउन पनि अध्यक्ष घर्ती मगरले आग्रह गर्नु भयो ।

कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष टोम बहादुर पुनले सहकारी स्थापना गर्न सजिलो भए भन्दा सञ्चालन गर्न निकै ग्राहाै हुने भएकोले यो तालिमले वडा नागरिकहरूलाई लाभ पुग्ने बताउनु भयो । साथै तालिम लिएर मात्रै औचित्य नरहने बताउदै तालिममा सिकेका कुरालाई व्यवहारिक जीवनमा लागू गर्न पनि आग्रह गर्नु भयो । कार्यक्रममा वडा सदस्य ,तिनाउ गाउँपालिका सहकारी सञ्जाल अध्यक्ष भुपति पाण्डेले अहिले पछिल्लो समयमा धेरै सहकारीहरू सञ्चालन भए पनि केही सहकारीहरू निष्किय भएको बताउदै वडा न ६ ले सहकारी सञ्चालन गर्न भन्दा अगाडि तालिम सञ्चालन गरेको छ । यो तालिम वडाका नागरिकहरूलाई फाइदा पुग्ने बताउनु भयो । कार्यक्रममा वडा सदस्य सरस्वती नेपाली,पत्रकार सन्तोष गहतराज लगाएतको उपस्थिति रहेको थियो । तालिमको प्रशिक्षण भुपति पाण्डेले गर्नु भएको थियो । कार्यक्रम तिनाउ गाउँपालिका दलित संयाेजक मोहन विश्वकर्माको अध्यक्षता र गाउँपालिकाका सहकारी शाखा प्रमुख शिव अात्रेयको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु