तमोर–मेवा जलविद्युत् आयोजना बन्ने

२०७७, ४ मंसिर बिहीबार ०८:३७

फुङ्लिङ। ताप्लेजुङमा रु २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोरमेवा जलविद्युत् आयोजना निर्माण हुने भएको यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई  स्वीकृतिसमेत दिइएको जनाइएको मेवाखोलाको पानीसमेततमोर नदीमा मिसाएर बनाइने सो आयोजनाको काम विसं २०७८ असोज महिनादेखि निर्माण शुरुआत हुने आयोजनाका प्रवद्र्धकभानेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो काम शुरु भएको पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो

स्वीकृति पाएसँगै अबको ध्यान निर्माणतर्फ केन्द्रीत हुने स्थानीय लगानीकर्तासँग सहकार्य गरेर विद्युत् उत्पादन गर्ने उहाँले जानकारीदिनुभयो   नौ किलोमिटर दूरी बराबरको सुरुङमार्गमार्फत विद्युत उत्पादन गरिने जनाइएको फुङ्लिङ नगरपालिका वडा नं , , , मिक्वाखोला गाउँपालिका वडा नं , , मेरिङ्देन वडा नं तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं , मा आयोजनाप्रभावित हुने क्षेत्रमा पर्छन् स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ तथा वातावरणीय प्रभाव मूल्याङ्कनलगायत सबैकार्य सम्पन्न गरिसकेको जनाइएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु