लेकमा अलपत्र दुई जना सम्पर्कमा

२०७७, ४ मंसिर बिहीबार ०८:०१

खलङ्गा। तिहार मान्न जाजरकोटदेखि जुम्ला आएका दुई जना हिमपातले लेकमा अलपत्र परेकामा चार दिनपछि परिवारको सम्पर्कमा आएका छन् अलपत्र पर्नेमा जाजरकोट, जुनीचाँदे गाउँपालिकाका हरिबहादुर शाही जुम्ला, तिला गाउँपालिकाका प्रेमबहादुर सिंह हुनुहुन्छ

मौसम राम्रो भएपछि आफूहरु नातेदारको सम्पर्कमा आएको सिंहले बताउनुभयो गत कात्तिक २९ गते जाजरकोटबाट हिँड्नुभएका सिंह शाही ३० गते जाजरकोट जुम्लाको सिमाना कागचुचाको लेकमा भारी हिउँ पर्न थालेपछि हिँड्न नसकी अलपत्र परेको जनाइएको

कात्तिक ३० गते मध्याह्न १२ बजेपछि हिउँ पर्न छाडी घाम लागेपछि चार फिट हिउँमा दुई दिन लगाएर मङ्सिर गते राति आफूहरु दुईजना जाजरकोट फर्केको सिंहले बताउनुभयो उहाँहरु सम्पर्कविहीन भएको खबर भएपछि कर्णाली प्रदेश सरकारले उद्धार गर्ने तयारी गरेपनि मङ्गलबार सम्पर्कमा आइसक्नुभएको प्रेमबहादुरका भाइ धीरबहादुरले जानकारी दिनुभयो।

अलपत्र परेको क्षेत्र चार हजार दुई सय मिटर उचाइ भएको जनाइएको चार दिन उनीहरुले घरबाट ल्याइएको रोटी अन्य खानेकुराखाई ओढारमा बसेका थिए   भारी हिउँ अहिले पनि परिरहेको बताइएको सम्पर्कमा आउनुभएका सिंहले भन्नुभयो, “कसरी बाँचेरआइयो, अहिले पनि डर लागिरहेको

Comments

ताजा खबर