नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमानाका मंसिर ३० गतेसम्म रोक

२०७७, ४ मंसिर बिहीबार ०५:४७

काठमाडौंमंसिर ४  अध्यागमन विभागले नेपाल प्रवेश गर्ने नाकाहरुमा आगामी मंसिर ३० गतेसम्मका लागि प्रवेशमा रोक लगाउने निर्णयलाई निरन्तरता दिने निर्णय गरेको छ ।

फाइल फोटो

नेपाल सरकारले गत कार्तिक २४ गतेबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवात जावतलाई मसिंर ३० गते मध्यरात सम्मका लागि रोक लगाएको थियो । त्यस्तै नेपाल आगमन गर्ने विदेशी नागरिकको हकमा भने नेपालमा रहेको विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघ संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा उनीहरुको परिवारको सदस्यहरुले भने यात्रा गर्नुपूर्व ७२ घण्टा यताको पीसीआर परीक्षणको रिपोर्ट देखाउनुपर्ने विभागले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु