नेपाल फाइनान्सको हकप्रद आजदेखि बिक्रीमा, कात्तिक ५ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउने

२०७७, ४ मंसिर बिहीबार ०५:३७

काठमाडौंमंसिर ४  नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा आएको छ । पुर्व निर्धारित समय अनुसारनै कम्पनीले आजदेखि हकप्रद शेय बिक्रीमा ल्याएको हो ।

फाइल फोटो

यसमा आगामी मंसिर २४ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीका अनुसार कात्तिक ५ गतेसम्म कायम शेयरधनीले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । उनीहरुले एक कित्ताा बराबर १ः२५ कित्ता शेयर पाउने छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको अंकित दरमा १६,९७,५०,६.२५ कित्ता हकप्रद बिक्रीमा ल्याएको हो । यस हकप्रदको शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। यस्तै, क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई ‘इक्राएनपि आइआर सी वान’ रेटिङ्ग प्रदान गरेको छ । हाल यस कम्पनीको चुक्तापुँजी रु. १३ करोड ५८ लाख ५०० हजार रहेको छ । हकप्रद बिक्री भएप्छि कम्पनीको चुक्तापुँजी ३० करोड ५५ लाख भन्दा बढी पुग्ने छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु