नयाँ व्यावसायिक एवम् औद्योगिक प्रष्ठिान सञ्चालनमा

२०७७, २९ कार्तिक शनिबार ०६:४४

वाग्मती। वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा २५ वटा नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठान सञ्चालनमा आएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जबाट नापतौल यन्त्रको जाँच अनुमतिपत्र लिएर कारोबार शुरु गरेको कार्यालय प्रमुखशशिभूषण कुमार यादवले जानकारी दिनुभयो ती प्रतिष्ठानहरुले व्यवसाय सञ्चालनका लागि अन्य कानूनी प्रक्रिया पूरा गरेकोबताइएको

उद्योग वाणिज्य सङ्घ हेटाौंडाको अनुरोधमा सो कार्यालयबाट खटिएको टोलीले  हेटौँडाका उद्योग तथा व्यवसायको नापतौल यन्त्रकोजाँच, नवीकरण जरिवाना तथा नयाँ इजाजत पत्र प्रदान गरेको जानकारी दिइएको सो कार्यालयका सहायक निरीक्षक वीरेन्द्रउपाध्यायको नेतृत्वमा खटिएको टोलीले विगत एक हप्तामा सो इजाजत प्रदान गरेको जानकारी दिनुभयो

टोलीले २३९ व्यावसायिक फर्मको नापतौल यन्त्रको जाँच गरी नवीकरण तथा २२९ व्यावसायिक फर्ममाथि कारबाही तथा जरिवाना समेतगरेको तोकिएको समयमा नापतौल यन्त्रको जाँच  नगराउने तौलमा ठगी गरेको पाइएपछि रु ५० देखि  रु ८०० सम्म  प्रतिव्यवसायीलाई जरिवाना कारबाही गरेको बताइएको    

Comments

ताजा खबर