लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी उपरीक्षक वैदवार द्वारा जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुगमन ।

२०७७, २७ कार्तिक बिहीबार २२:१८

सन्तोष गहतराज , पाल्पा । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राज कुमार बैदवारले जिल्ला प्रहरी कार्यालय, पाल्पाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।

शाखाको अनुगमन गर्दै उहाले कार्यालयको सम्पुर्ण शाखाहरुको निरीक्षण गरी कोभिड १९ को अवस्थामा सुरक्षात्मक विधी अपनाई सुरक्षित रही शान्ती सुरक्षा, अमनचयन र अपराध अनुसन्धान तथा नियन्त्रणमा उच्च मनोवल राखी अनुशासित एवं लगनशिल भई अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न निर्देशन समेत दिनु भएको छ ।

Comments

ताजा खबर