क्रसर उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्न निर्देशन

२०७७, २७ कार्तिक बिहीबार ०८:२९

कर्णाली। जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्ननिर्देशन गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बुधबार बसेको बैठकले कानूनी प्रक्रिया पूरा गरेको उद्योगदर्तासम्बन्धी सम्पूर्ण कागजात पेश गर्न निर्देश गरेको हो

गृह मन्त्रालयले नदीजन्य पदार्थ उत्खननसम्बन्धी अवैध रुपले सञ्चालनमा रहेका उद्योगहरु तत्काल बन्द गर्न निर्देशन दिएपछि जिल्लाप्रशासनले पहिलो चरणमा उद्योग दर्ता तथा नवीकरणसँग सम्बन्धीत सबै कागजात मागेको हो प्रशासन कार्यालयका प्रशासकीयअधिकृत पदमलाल लामिछानेले दर्ता प्रमाणपत्र पेश गर्न अनुरोध गरिएको यदि कानूनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको पाइएमात्यस्ता उद्योगलाई तत्काल बन्द गरिने बताउनुभयो

फोटो फाईल

जिल्लाका विभिन्न नदी किनारमा दर्ताबिनै व्यवसायीले बालुवा, ढुङ्गागिटी उत्खनन्, सङ्कलन, प्रशोधन बिक्री वितरण गर्दै आएकाछन् यसअघि कर्णाली प्रदेश सरकारले पनि क्रसर उद्योगको अनुगमन गर्न मन्त्रीस्तरीय समिति गठन गरेको थियो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु