खुर्सानीको बोरामा विष्फोटक पदार्थ, दुई जना पक्राउ

२०७७, २४ कार्तिक सोमबार १२:२५

काठमाडौंकात्तिक २४  बाराबाट प्रहरीले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । फेटा गाँउपालिका–१ बस्ने २८ वर्षीय लालबाबु दास र २७ वर्षीय कन्हैया दास पक्राउ परेका हुन् ।

फाइल फोटो

इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका–५ स्थित लालका पुल नजिकै सडकखण्डमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना. ७ ख ६०४१ नम्बरको बसको डिक्कीमा खुर्सानीको बोराभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा विष्फोटक पदार्थ पटका बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

बोराबाट नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ १ किलो ५ सय ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९ सय ग्राम फेला परेको उनले बताए ।

विष्फोटक पदार्थसहित पक्राउ परेका उनीहरु विरुद्ध विष्फोटक पदार्थ अन्तर्गत कसुरमा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु