जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध घरेलु मदिरा बरामद गरि नष्ट ।

२०७७, २३ कार्तिक आईतवार १३:३१
 सन्तोष गहतराज, पाल्पा । जिल्ला प्रहरी कार्यालय कार्यालय पाल्पाले सोमबार अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।
फाइल फोटो
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट गरिएको बिषेश प्रहरी कारवाहीमा जिल्लाको तानसेन नगरपालिकाको बिभिन्न स्थानबाट अबैध रुपमा राखिएको घरेलु मदिरा अं. ५०० लिटर ( पाच सय लिटर ) बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, पत्रकार, स्थानिय भद्र भलादमी एवम बिभिन्न निकायका प्रतिनिधीहरुको रोहवरमा जिल्ला प्रहरी कार्यालय पाल्पाको परिसर भित्र नष्ट गरिएको हो ।
Comments

ताजा खबर