रैनादेवि छहरा गाउँपालिकाद्धारा सुन्दरे ढुङगा–सालझण्डी सडक कालोपत्रे सुरु ।

२०७७, २२ कार्तिक शनिबार १०:५४

पाल्पा । पाल्पाको पश्चिम क्षेत्रमा अवस्थित रैनादेवि छहरा गाउँपालिकाले सडक कालोपत्र (पिच)को काम सुरु गरेको छ ।

स्थानिय तहकै नुमना योग्य कामको रुपमा रैनादेवि छहरा गाउँपालिकाले कालोपत्रको काम सुरु गरेको हो । उक्त सुन्दरे ढुङगा– जुठापौवा सालझण्डी सडक खण्डको कालोपत्रे योजानको सिलन्यास गर्दै गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले पालिकाको गौरबको योजना अन्तरर्गत पर्ने कालोपत्रेको कामलाई सफल बनाएर पालिकाले पनि ठुला र गौरबका योजना सफलता पुर्वक सम्पन्न गर्न सक्छन भन्ने उदाहारण प्रस्तुत गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीले स्थानिय सरकार रैनादेवि छहरा गाउँपालिका स्थानियको सुखः दुखको सारथी बन्न सधै तयार रहेको भन्दै पश्चिम पाल्पाका स्थानियको आर्थिक,भौतिक र सामाजिक रुपान्त्रणको लागि गुणस्तरी र प्रभावकारी कार्यक्रम ल्याएको बताउनुभयो ।

सो क्षेत्रमा कालोपत्रेको काम सुरु भएसँगै त्यस भेगका स्थानियमा खुशीयाली छाउनुका साथै नमुना योग्य कामको सुरुवात भएको भन्दै स्थानिय हर्षित भएका छन । उक्त सडक खण्डमा कालोपत्रे हुँदा रुपन्देहीको सालझण्डी झर्न कम समय लाग्ने छ । स्थानिय कृिषका उत्पादन छिटो छरितो रुपन्देही सम्म पु्याउन समेत सहज हुने अपेक्षा लिईएको छ । कालोपत्र ठेक्का पाएको पिएस.जीएस.एचसी जेवि कन्ष्ट्रकसनले भ्याट सहित ८ करोड ४५ लाख,३७ हजार २ सय ६६ रुपौयाँ ७२ पैषामा ठेक्का पाएको थियो । उक्त ठेकेदार पक्षले २०७८ पौष ५ गते १८ महिना भित्र सम्पन्न गर्ने गरि असार महिनामा सम्झौता गरेको थियो । उक्त मोटर बाटो कालोपत्र हुँदा पश्चिम पाल्पा सहित अर्घाखाँचि,रुपन्देही,गुल्मी सम्म पुग्नको लागि सहज हुने अपेक्षा गरिएको छ । उक्त सिलन्यास कार्यक्तममा रैनादेवि छहरा गाउँपालिका अध्यक्ष राम बहादुर कार्की,उपाध्यक्ष चेत कुमारी थापा,प्रवक्ता विष्णु पोख्रेरल,प्रमुख प्रशासकिय अधिकृत खेत बहादुर खत्रीका साथै स्थानियको सहभागीता रहेको थियो ।

Comments

ताजा खबर