ताप्लेजुङ विमानस्थल स्तरोन्नति चैतसम्म हुने

२०७७, २१ कार्तिक शुक्रबार ११:१९

फुङ्लिङ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्तरोन्नतिको काम भइरहेको ताप्लेजुङ सुकेटार विमानस्थलको आजअवलोकन गर्नुभएको

सुकेटार विमानस्थलको प्रगतिको अवलोकन गर्दै पर्यटनमन्त्रीले स्तरोन्नतिको गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो प्रदेश नं कोराजधानी विराटनगर विमानस्थललाई केन्द्र बनाएर प्रदेशका सबै जिल्लाका विमानस्थलमा नियमित उडान गर्ने तयारी भइरहेको नेपालनागरिक उड्डयन प्राधिकरणका प्रबन्ध निर्देशक राजनकुमार पोखरेलले बताउनुभयो अहिले ५५ वटा पहाडी क्षेत्रमा विमानस्थल निर्माणभइरहेको ३२  विमानस्थल कालोपत्रे भइसकेको  उहाँले  जानकारी दिनुभयो

फोटो फाईल

ताप्लेजुङ सुकेटार विमानस्थलको सात सय मिटर क्षेत्रमा  स्तरोन्नति भइरहेको थप १५०  मिटरमा धावनमार्गमा कालोपत्रे गर्न बाँकीरहेको जनाइएको   कालोपत्रे गर्ने कार्यमा तापक्रम मिलाउनुपर्ने भएकाले आगामी चैत मसान्तसम्म काम सम्पन्न गर्ने कार्ययोजनातयार भएको जनाइएको

आर्थिक वर्ष २०७६ ७७ मा सुकेटार विमानस्थल स्तरवृद्धिका लागि रु १६ करोड  बजेट विनियोजन भएको थियो फुङलिङनगरपालिका वडा नं मा पर्ने सो विमानस्थल स्तरवृद्धिका लागि बोलपत्र आह्वान गर्दा कृष्णबङ्गलामुखी जेभी कन्स्ट्रक्सनले रु आठकरोड ९९ लाख ५० हजार ३४९ मा ठेक्का पारेको थियो आयोजनाका प्रमुख इञ्जिनीयर हरि अधिकारीका अनुसार अघिल्लो वर्षकोअसोजदेखि विमानस्थल स्तरवृद्धिको कार्य शुरु भएको हो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु