नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

बालुवाटारमा ओली–दाहाल भनाभन

२०७७, २१ कार्तिक शुक्रबार ०४:१७

मन्त्रिपरिषद् बैठक चलिरहँदा कोटेश्वरमा दाहालद्वारा कानुनी परामर्श

काठमाडौँप्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान मन्त्रिपरिषद् बैठक सुरु हुँदा नेकपा जनवर्गीय संगठनहरूको कार्यालयपेरिसडाँडा, कोटेश्वरमा अध्यक्ष पुष्पकमल दाहाल कानुनविद्हरूसँग परामर्शमा थिए दाहालका साथमा वरिष्ठ नेता माधवकुमार नेपाल प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरू पनि थिए

फोटो फाईल

त्यही छलफललाई लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा भने, ‘पार्टीमा गुटबन्दी चर्किएको , विश्वासअविश्वासका कुरा भइरहेका छन्, त्यसको सामना गरिनेछ कोटेश्वरमा अहिले पनि बैठक बसिरहेको , अस्थिरताको प्रयत्न भइरहेको त्यस्तो प्रयत्नलाई चकनाचुर पारिनेछओलीले बुधबार मात्रै पनि आफूलाई राजीनामा मागिएको उल्लेख गर्दै अहिले राजीनामादिँदा देश बर्बादीतिर जाने बताएका थिए बालुवाटारमा ओलीले आफूविरुद्ध तानाबाना बुनिरहेको बताइरहँदा कोटेश्वरमादाहालसहितका नेताहरू ओलीले चाल्न सक्ने संवैधानिकराजनीतिक कदम त्यसको सामनाका लागि अपनाउन सकिने उपायबारेनेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानुन व्यवसायीसँग छलफल गरिरहेका थिए

प्रधानमन्त्रीले यसअघि पनि अध्यादेश ल्याउनुभएकै हो, उहाँले अरू पनि संवैधानिकराजनीतिक कदम चाल्न सक्नुहुन्छ, त्यसमा हाम्रोतयारी कस्तो बनाउने भनेर परामर्श गरेका हौं,’ छलफलमा सहभागी एक नेताले भने प्रवक्ता नारायणकाजी श्रेष्ठले भने कोरोनालेन्यायक्षेत्रमा पनि असर पारिरहेकाले त्यसमा के भूमिका खेल्न सकिन्छ भन्नेबारेमा परामर्श भएको बताए

कोटेश्वरको छलफललगत्तै अध्यक्ष दाहाल ती नेताका अनुसार अध्यक्षद्वयबीच सहमति नबनी पार्टीको बैठक बोलाउन खोजेर दाहाललेफेरि भाँडभैलो गर्न खोजेको ओलीको भनाइ थियोपहिले तपाईं छलफल गरौं, मिल्ने कुरा केके हुन्, नमिल्ने कुरा केके हुन हेरौं, अनि बल्ल बैठक बोलाउँला,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘नत्र हूलहुज्जत गर्न बैठक बोलाएर केही काम छैन

दाहालले भने दुई अध्यक्षबीच मात्रै छलफल गरेर कुनै निचोड नआउने भन्दै बैठक नै बोलाउन जोड दिएका थिएतपाईंले अर्को पार्टीकोअभ्यास सुरु गरिसक्नुभएको , हिजो प्रदेश को भेला गरेर जबज पक्षधर एक हुनुपर्छ भन्नुभयो तपाईंको राजीनामा कतैबाटमागिएको छैन, मागे भनेर हल्ला गर्नुभएको ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टीमा गम्भीर छलफल गर्नैपर्छ, बैठकबोलाऔं

जवाफमा ओलीले आफूलाई ठीक लागेकै कुरा गरेकाले अहिले बैठक बाहेकका विषयमा कुरा गर्न भनेका थिएमैले जे जे काम गर्नुपर्नेहो त्यही गरेको छु, हामीबीचमा मात्रै छलफल सहमति हुन्छ भने हुन्छ नत्र जसले जे सक्छ त्यही गरे भइहाल्यो,’ ओलीले दाहालसँगभनेका थिए, ‘मेराविरुद्धमा अविश्वासको प्रस्ताव ल्याउन कानुनविद्सँग छलफल गर्नुभएकै , हस्ताक्षर चलाउनुभएकै

दाहालले पनि ओलीलाई छुट्टाछुट्टै भेला आयोजना गरेर फरक पार्टीको अभ्यास थालेको बताएका थिए त्यसपछि ओलीले आफूहरूबीचपार्टी एकताको सम्बन्ध भएकाले गुटका भेला रोक्न दाहाललाई भनेका थिएतपाईंले जथाभावी नगर्नुस्, पहिले गुटका भेलाहरू रोक्नुस्अनि पार्टी एकताको काममा लाग्नुस्,’ ओलीले दाहाललाई जवाफ दिएका थिए, ‘तपाईंले ध्यान नदिँदा पार्टी एकताको काम लथालिंगभएको त्यसपछि दाहाल बालुवाटारबाट निस्किएका थिए ओलीसँग भेटेर फर्किएपछि अध्यक्ष दाहालले आफूनिकट नेताहरूलाईभेटबारे ब्रिफिङ गरेका थिए ओलीसँग एक्लाएक्लै छलफल गर्दा कुरै नमिल्ने दिमागमात्रै खराब हुने उनको प्रतिक्रिया थियो कत्तिपनि सहमति नभएको उल्लेख गर्दै उनले अब झन् संकट निम्तिन सक्ने बताएका थिए

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सुरु भएको अध्यक्षद्वयको किचलो पछिल्लो समय जनताको बहुदलीय जनवादलाई पार्टी कार्यक्रमबनाउनुपर्ने भन्दै ओलीले दिएको अभिव्यक्तिसम्म पुगेको सुरुमा कुन मन्त्री राख्ने कसलाई हटाउने भन्नेमा दुई अध्यक्षबीच कुरामिलेन, त्यसपछि कर्णाली प्रदेशको विवाद भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयललाई प्रधानमन्त्रीले भेटेको विषयमाउनीहरूबीच मतभेद भयो पछिल्लो समय ओलीको राजीनामा, पार्टी विभाजन जनताको बहुदलीय जनवादको विषय नयाँ विवादकारूपमा थपिएका छन्

गएको असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत लागिपरेको त्यसमापार्टीभित्रकै नेताहरूले साथ दिइरहेको बताएपछि पार्टीमा एकाएक उनको राजीनामा मागिएको थियो गत भदौ २६ गते प्रतिनिधिसभाकोयो कार्यकालभरि सरकारको नेतृत्व ओलीले नै गर्ने निर्णय नेकपाले गरेको थियो तर डेढ महिना नपुग्दै ओलीले फेरि आफ्नो राजीनामामागिएको अहिले राजीनामा दिए देश बर्बादीतिर जाने बताएपछि दाहालले त्यो विषयमा पनि बिहीबारको भेटमा सोधेका थिए

तर ओलीले आफ्ना निकटस्थहरूलाई बताएअनुसार दाहालले गत १५ गतेको भेटमा ओलीलाई अध्यक्ष प्रधानमन्त्रीबाट राजीनामा दिन आफूलाई एकल अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए ओली पक्षधर नेताहरूले दाहाल नेपालले सरकारविरुद्ध अविश्वास प्रस्तावल्याउन लागेको बताएका छन्उहाँहरू आफूले पनि काम नगर्ने अरूलाई पनि गर्न नदिने पक्षमा हुनुहुन्छ,’ ओलीनिकट एक नेताले भने, ‘सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर अभियान नै चलाउनुभएको , अनि हामी चुप लागेर बस्ने ?’

शीर्ष नेताहरूबीच अहिलेसम्म कुनै पनि समझदारी जुटिनसकेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताएउहाँहरू जहाँको त्यहींहुनुुहुन्छ, हामी संवाद सहमति होस् भनेर पहल गरिरहेका छौं,’ पौडेलले कान्तिपुरसँग भने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएकाथिए उनीहरूबीच करिब एक घण्टा भएको छलफल भनाभनमै सकिएको अध्यक्षद्वय निकटस्थहरूको भनाइ उहाँ (दाहाल) आजदुइटा विषय बोकेर आउनुभएको थियो पहिलो, जनताको बहुदलीय जनवादको छलफल किन चलाउनुभयो भनेर सोध्नुभयो दोस्रो, पार्टीको बैठक बोलाइहालौं भन्नुभयो,’ ओलीनिकट एक नेताले कान्तिपुरलाई भने

(कान्तिपुरबाट साभार)

Comments

ताजा खबर