एउटा ज्योति, जो असमयमै निभ्यो !

२०७७, २१ कार्तिक शुक्रबार ०३:५४

प्रकाशको अर्थ हो, ज्योति। आफ्नो ५४ वर्षे जीवनमा प्रकाश अधिकारी त्यही ज्योतिको एक संवाहक थिएहिमालमा रहेका पदयात्री, भरिया एवं तीर्थयात्रीहरूको जीवन बचाउन।

हिमालयन उद्धार संघ (एचआरए) को नेतृत्वमा रहेका प्रकाशको कोभिड१९ का कारण गएको कात्तिकमा काठमाडौंमा निधन भयो।

पदयात्रा एवं हिमाल आरोहणका क्रममा अचानक बिरामी हुने सदस्य, खासगरी भरियाहरू जसको तत्काल उपचार गराउने हैसियत हुँदैन, उनीहरूलाई उडानमार्फत उद्धार गराउने काममा अधिकारी सदैव अग्रसर रहे। 

मद्दतको खाँचो भएकाहरूलाई सहयोग गर्न धन होइन मानवता करुणा चाहिने उदाहरण थिएअधिकारी। अरूलाई सहयोग गर्दा अझविशेष गरेर कमजोर एवं सीमान्तकृतहरूलाई सहयोग गर्दा उनलाई ऊर्जा मिल्दथ्यो। तर, उनले कहिल्यै आफ्नो कामको धाकलगाएनन्।  

बिरामी भरियाहरूका लागि उद्धार उडान गर्न अधिकारीले खुम्बु क्षेत्रमा पदयात्री तथा आरोही ओसारिरहेका हेलिकोप्टर पाइलटहरूसँगकुशलतापूर्वक संवाद गरे। विदेशीहरूको उद्धार उपचारका लागि बीमा कम्पनीले तिर्दथे। तर, बीमा नै नगरिएका भरियाको जीवनजोगाउन उनी तत्पर देखिन्थे। भरियाहरूलाई पनि हेलिकोप्टरमार्फत तत्काल लेक नलाग्ने तल्लो भागमा पु¥याउन पाइलटहरूलाईमनाउँथे। यो सामान्य कार्यले धेरैको जिन्दगी बचाएको छ। 

बिरामी भरियालाई लिन अधिकारी आफैं विमानस्थल जाने मात्र होइन, अस्पताल लैजाने फलो अपमा समेत खटिन्थे। भरियाकोउपचार खर्चको पैसा कहाँबाट जुटाउन सकिन्छ भन्नेमा सधैं सोचमग्न हुन्थे। कसरी कसरी, अचम्मलाग्दो किसिमले कतै कतैबाटउनलाई आर्थिक सहयोग प्राप्त भइरहन्थ्यो। 

यसबाहेक अधिकारी सगरमाथा जाने मार्गमा रहेका पदयात्री तथा पर्यटकलाई राम्रो व्यवहार गरिएको , छैन भन्नेमा पनि चिन्तितदेखिन्थे। किनभने, पर्यटन नै गरीब नेपालीको आयआर्जनको प्रमुख स्रोत हो भन्ने उनलाई लाग्दथ्यो। आफ्नो सानो योगदानलेपर्यटनमार्फत कसरी गरीब नेपालीलाई सहयोग गर्न सकिन्छ भन्ने उनलाई लागिरहन्थ्यो। यसमा आफूले खासै केही गर्न नसकेको उनीबताइरहन्थे।    

हिमाली क्षेत्रको सुरक्षाको विषयमा उनको चासो पर्यटनमा मात्र सीमित थिएन। लगभग २५ वर्षसम्म एचआरए मार्फत उनले ४३०० मिटरउँचाइको गोसाइँकुण्डमा प्रत्येक वर्ष स्वास्थ्य शिविर संचालन गरे। ताकि लेक लाग्ने समस्याबाट हजारौं तीर्थयात्री सुरक्षित रूपमा माथिबढ्न सकुन्।

अधिकारीले उच्च हिमाली क्षेत्रको स्वास्थ्य समस्या, उपचारमा प्रयोग गरिने परम्परागत आधुनिक औषधि बारे प्राज्ञिक ज्ञान हासिल गर्नधेरै युवा नेपाली पश्चिमी चिकित्सकहरूका लागि सहयोग पनि गरे। उँचाइका औषधिबारे उनलाई प्राप्त जानकारी चिकित्सकलाईबाँड्न उनी आफैं तल्लीन देखिन्थे। यसबाट हिमाली जनसंख्यालाई नै फाइदा हुनेमा उनी प्रष्ट थिए। 

जस्तो कि लेक लाग्ने समस्याको उपचारमा दिनको दुई पटक १२५ एमजी डायमोक्स नै प्रभावकारी हुने तर्क अधिकारीकै थियो, जुनब्रिटिश मेडिकल जर्नलमा प्रकाशित आलेखभन्दा फरक थियो। 

एचआरएमै कार्यरत हामी चिकित्सकहरूले नै उच्च भेगको अनुसन्धान योजना बनाएको संचालन गरेको भए पनि यी सबै काममा देशकोकर्मचारीतन्त्रलाई मनाउने उनको अद्भुत क्षमताको भने कदर गर्नैपर्छ। स्वास्थ्य मन्त्रालय, श्रम मन्त्रालय तथा अध्यागमन विभागबाटस्वीकृति, स्थानीयतहमा संयोजन, स्वयंसेवक चिकित्सकसँगको छलफलमा उनी सिद्धहस्त थिए।  विशेषगरी मन्त्रालयहरूकाअधिकारीहरू बारम्बार परिवर्तन हुँदासमेत आफ्नो योजना फत्ते गराउने उनको अठोट, सकारात्मक सोच धैर्य गजबको थियो। 

एचआरएमा उनले सामान्य तलब पाउँथे। तथापि हरेक दिन कैयौं गुणा बढी कमाउने ट्रेकिङ एजेन्टहरूसँग कुरा गर्थे। उनी आम्दानीकालागि यो ठाउँ छोडेर अन्यत्र लाग्न सक्थे तर उनले कहिल्यै आर्थिक कठिनाइलाई आफ्नो बाटोमा आउन दिएनन्।

क्लिनिकहरूमा कर्मचारी उपलब्ध गराउने, उद्धार गर्नुपर्ने यो दशैं तिहार छुट्टीको बेला एचआरएमा सबैभन्दा व्यस्त हुन्थ्यो। तर, जुनमहामारीले पर्यटन क्षेत्र तहसनहस पा¥यो, त्यसैले अधिकारीको जीवन पनि लियो। 

उनी खुशी थिए, जतिबेला छोराले पनि बुबाको बाटो पछ्याउँदै चिकित्साशास्त्र अध्ययनको निर्णय गरे। 

नेपालको पर्यटनमा प्रकाश अधिकारीले गरेका योगदानका निम्ति सरकारले उनलाई उच्च मूल्यांकन सम्मान गर्नुपर्छ। किनकि, पर्यटनक्षेत्रमा शायदै कोही होला जसले विगत २५ वर्षदेखि आर्थिक लाभ नहेरी हिमाली क्षेत्रमा सुरक्षित पदयात्रा आरोहण प्रवद्र्धनमा यतिथोरै स्रोतसाधनका बाबजूद यति धेरै गरेको होस्।  

फोटो फाईल

आज सबै नेपाली, विदेशी, भरिया, तीर्थयात्री उनीप्रति कृतज्ञ छन्। सधैं सम्झिइरहने छन्।

(बस्न्यात हिमालयन उद्धार संघका मेडिकल निर्देशक हुन्।)

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु