कालीगण्डकी करिडोरमा सुख्खा पहिरो, ५ मजदुरको मृत्यु

२०७७, २० कार्तिक बिहीबार ०३:३६

कावासोती नवलपुरको  बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको कालीगण्डकी करिडोरकोनवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो

सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला आज साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका थिए

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लका अनुसार मृत्यु हुनेहरु सबै  बुलिङटार का बासिन्दा हुन् मृत्यु हुनेमा २०वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु ४२ वर्षीय सुनबहादुर पुलामीरहेको मल्लले जानकारी दिए

पहिरोमा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली  स्थानीयले बाहिर निकालेका थिए

पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएका छन् उनीहरुलाई करिडोरमै कार्यरत अन्यमजदुरहरुले उद्धार गरेका थिए उनीहरु दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु