अमेरिकामा पहिलो पटक तेस्रोलिङ्गी सांसद बनिन्

२०७७, १९ कार्तिक बुधबार ०६:५१

एजेन्सी, । अमेरिकामा पहिलो पटक कुनै तेस्रोलिङ्गी सांसद निर्वाचित भएकी छिन् । बीबीसीको अनुसार डेलावेयरमा एक तेस्रोलिङ्गी प्रत्यासीलाई सांसदको रुपमा चुनिएको हो ।

सारा म्याकब्राइड अमेरिकामा सबैभन्दा उच्च श्रेणीमा छानिएकी पहिलो तेस्रोलिङ्गी हुन् । अमेरिकामा राष्ट्रपति चुनावसहित संसदको माथिल्लो सदन सिनेटको एक तिहाई सिटका लागि पनि चुनाव भइरहेको छ ।

फोटो फाईल

 

म्याकब्राइड ओबामा प्रशासनमा एक इन्टर्नको रुपमा काम गथिएन् र उनी डेलावेयरको फर्स्ट डिस्ट्रिक्टको नेतृत्व गर्छिन् जुन एक डेमोक्रेटिक क्षेत्र हो ।

उनी एलजीबीटी अधिकारको खुल्ला रुपमा समर्थन गर्छिन् । उनी मानव अधिकार अभियान संगठनकी राष्ट्रिय प्रेस सचिव पनि हुन् ।

एलजीबीटीक्यू भिक्ट्री फन्डका अनुसार खुल्ला रुपमा आफ्नो पहिचान व्यक्त गर्ने चार तेस्रोलिङ्गी यतिबेला प्रदेशको सदनमा छन् ।

फन्डकी अध्यक्ष एनाइस पार्कर भन्छिन्, ‘म्याकब्राइडको जीतलेअनगिन्ती तेस्रोलिङ्गीहरुको सुनौलो भविष्यका लागि एउटा आशा जगाएको छ ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु