बट्टाई पालनमा आकर्षित गुरुङ

२०७७, १९ कार्तिक बुधबार ०६:३६

लमजुङ, बेँसीशहर नगरपालिका का खेमजङ्ग गुरुङले व्यावसायिकरूपमै बट्टाई चरा पाल्न थाल्नुभएकोे भारतीय सेनाबाट सेवा निवृत्तभएपछि उहाँले आफ्नै घरमा शुरु गर्नुभएको यो व्यवसायबाट राम्रो आम्दानी हुनाका साथै समयको पनि सदुपायेग हुने भएकाले यसलाई  व्यावसायिकरूप दिन थाल्नुभएको हो

फोटो फाईल

पछिल्लो समय बट्टाईको माग बढ्दै गएकाले  बजारको मागलाई दृष्टिगत गरी रू  ५० लाख लगानी गरेर ७०० वटा बट्टाई अट्ने खोरनिर्माण गरी पहिलो चरणमा २०० वटा चल्लाबाटै  व्यवसाय शुरु गरेको उहाँको भनाइ गुरुङ भन्नुहुन्छ, “राम्रो हुँदै गएमा आगामी दिनयो व्यवसायलाई विस्तार गर्दै लानेछु अहिले चल्ला ठूलो भएर  अण्डा उत्पादन गर्न थालेको बिक्री वितरणसमेत शुरु भैसकेको   दैनिक एक हजार अण्डा उत्पादन भइरहेको अण्डासँगै माउ पनि बिक्री हुन थालेको

अहिले बट्टाईको अण्डा प्रतिगोटाको रू१०देखि रू १५सम्म पर्छ त्यस्तै एक जोडी माउको रू ५०० पर्छ बट्टाईको अण्डा तथा मासुस्वास्थ्यका लागि लाभदायक मानिने भएकाले पछिल्लो समय यसको माग पनि बढेको हो सामान्यत बट्टाईले ४० दिनदेखि ४४ दिनभित्रअण्डा दिने गरेको यसको अण्डा तथा मासुले विभिन्न प्रकारका रोगसमेत निको हुने बताइएकाले स्थानीयबासीको रोजाइमा पनिउक्त चराको अण्डा तथा मासु पर्न थालेको

––––

Comments

ताजा खबर