पूर्वसभामुख महरा पत्नी सीताको उपचारको क्रममा निधन

२०७७, १९ कार्तिक बुधबार ०४:२३

काठमाडौं, पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महराकी जीवन संगिनी सीता महराको उपचारको क्रममा निधनभएको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई केही दिनअघि हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको थियो

महराको बुधबार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो उनलाई शुक्रबार बिहान बजेतिर एभरेष्ट एरलान्सकोहेलिकोप्टरमार्फत दाङको घोराहीबाट काठमाडौं ल्याइएको थियो

उनलाई गम्भीर प्रकृतिको निमोनिया भएको त्यसले गर्दा स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि काठमाडौं ल्याइएको थियो

को हुन् सीता महरा ?

सीता महरा वि.सं. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमापहिलो सन्तानको रुपमा जन्मिएकी थिइन्

कृष्णबहादुर महरासँग उनको २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा दुई छोरी रहेका छन्।

महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारीरिकमानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो।

२०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरातोड्न सफल भएकी थिइन् त्यसपछि घरभित्र थुनिएका छोराछोरी पनि घरपछाडिको ढोकाबाट भागेर बाँचेका थिए। त्यहीँ दिनदेखि घरछोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएका थिए

सामान्य लेखपढ मात्रै गर्न जानेकी सीता महरा तत्कालीन माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि कृष्णबहादुर महरालाई नजिकबाटपारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गर्दै आएकी थिइन्

गएको दशैंमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खाअस्पतालमा भर्ना गरिएको थियो निमोनिया स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौंल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबारआज बिहान :२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन्

Comments

ताजा खबर