कोरोना परीक्षणमा निजी ल्याबको लापरवाहीका कारण नेपाल एयरलाइन्सले करोडौं गुमाउँदै

२०७७, १८ कार्तिक मंगलवार ०८:०८

काठमाडौंकोरोना परीक्षणमा निजी ल्याबहरुको रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठन थालेको छ। निजी ल्याबहरुको लापरवाहीकैकारण नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सले आफ्नो व्यापार गुमाउनु परेको छ। 

ल्याबहरुले नेगेटिभ रिपोर्ट दिए पनि विदेशमा गएर परीक्षण गर्दा पोजेटिभ आइरहेको छ। जसको प्रत्यक्ष असर नेपाल एयरलाइन्सलेभोग्दै आएको छ। नेपाल एयरलाइन्सले सरकारबाट मान्यता प्राप्त सबै ल्याबहरुको रिपोर्टलाई मान्यता दिने गरेको छ। 

फेटो फाईल

यात्रुमा कोरोना देखिन थालेपछि पछिल्लो समय नेपाल एयरलाइन्सलाई विभिन्न विमानस्थलबाट चेतावनी आउन थालेको भने कतिपयदेशमा उडानमै प्रतिबन्ध लगाइएको छ।

हङकङले नेपाल एयरलाइन्सको जहाजमार्फत् आएका यात्रुमा कोरोना देखिएको भन्दै अक्टोबर देखि १७ अक्टोबरसम्मका लागि उडानप्रतिबन्ध लगाएको थियो। १७ अक्टोबर पछि उडान गरेको नेपाल एयरलाइन्सलाई पुनः २० अक्टोबरमा फेरि नोभेम्भर सम्मका लागिप्रतिबन्ध लगाएको छ। जसका कारण नेपाल एयरलाइन्सको हङकङ व्यापार गुमेको छ। यो प्रतिबन्ध नभएको भए नेपाल एयरलाइन्सलेयस समयमा हङकङमा मात्रै १० वटा उडान गरिरसकेको हुने थियो। अहिले नेपाल एयरलाइन्सको हङकङ व्यापारसेटिङमा कार्गोउडान अनुमति पाएको गेटजेट एयरलाइन्सले गर्दै आएको छ।

यसैगरी युएईको दुबई अन्तर्राष्ट्रिय विमानस्थलले पनि नेपालबाट आएका यात्रुमा कोरोना देखिएको भन्दै नेपाल एयरलाइन्सलाई उडानप्रतिबन्ध लगाउने चेतावनी दिन थालको छ।

एयरलाइन्स स्रोतका अनुसार निगमलाई दुबई विमानस्थलले वटा चेतावनी पत्र पठाइसकेको छ।  विमानस्थलले नेपालबाट आउनेयात्रुमा कोरोना देखिएको कारण उडान नै बन्द गर्नुपर्ने अवस्था आउने जानकारी गराएको स्रोत बताउँछ।

हङकङ उडान बन्द हुँदा झन्डै ३० करोड रुपैयाँ गुमाएको नेपाल एयरलाइन्सलाई दुबई उडान बन्द भएको अवस्थामा ठूलो घाटा हुने छ।

केही दिनअघिमात्रै दुवईले पनि प्रतिवन्धको चेतावनीसहितको पत्र निगमलाई पठाएको निगमका प्रवन्धनिर्देशक डिमप्रकाश पौडेलले स्वीकार गर्छन्।

ल्यावहरुले दिएको नेगेटिभ रिपोर्ट लिएर यात्रुहरु लैजाने गरेको   सम्बन्धित देशमा गएर परीक्षण गर्दा केहीको पोजेटिभ देखिएपछिनिगमलाई समस्या भएको उनको भनाइ छ।

निगमले दुवईमा सातामा सातवटै उडान गरिरहेको छ। यता हङकङमा भने सातामा तीन उडान गर्दै आएको थियो।

निजी ल्यावहरुले विदेश जाने कामदारको कोरोना परीक्षणमा नक्कली रिपोर्ट दिने गरेको विषय पहिलेदेखि नै विवादमा पर्दै आएको छ।कतिपय ल्याबले कोटा स्याम्पलिङका आधारमा परीक्षण गरेर रिपोर्ट दिइरहेको स्रोतको भनाइ छ। अर्कोतर्फ विदेश जानका लागिकोरोना परीक्षण गर्न स्वाब दिएपछि  सेल्फ आइसोलेसनमा बस्नु पर्नेमा पनि नबस्दा समस्या आएको ल्यावहरुको भनाइ छ।

तर, यहाँ निजी ल्यावहरुले गुणस्तरहीन भिटिएम प्रयोग गर्दा पनि रिपोर्टमाथि प्रश्न उठेको छ। रिपोर्टमाथि  एकपछि अर्को प्रश्न उठेको भने नेपाल एयरलाइन्सले व्यापार गुमाउनुपर्ने अवस्था आएको छ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु