बलात्कारका आरोपी वडासचिव कारागार चलान

२०७७, १८ कार्तिक मंगलवार ०३:१४

महोत्तरी, बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएकाछन् सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष थुनामाराख्न कारागार पठाइएको हो

फोटो फाईल

भङ्गाहा कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज १४ गते पक्राउपरेका थिए सो दिन भट्टीमा मदिरा खाएर मातेका यादव घर जाँदै गर्दा बाटोमा भेटिएकी आफ्नै वडा बस्तीकी महिलामाथि जाइलागेरबलात्कार गरेको उनीमाथि आरोप जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको जबर्जस्ती करणी मुद्दाको सुनवाइमा अदालतले पुर्पक्षथुनाको आदेश गरेको हो यादवलाई सोमबार साँझ नै महोत्तरी कारागार चलान गरिएको हो

जिल्लामा जारी चालु आर्थिक वर्ष २०७७/७८ मा यस प्रकृतिका घटना ह्वात्तै बढेका छन् चालु आवको प्रथम चौमासिक अवधिमैहालसम्म २१ वटा जबर्जस्ती करणी तीन करणी उद्योगसहित २४ वटा घटना दर्ता भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको

यो सङ्ख्या गत आव २०७६/७७ को तुलनामा निकै बढी हो गत आवको पूरै अवधिमा १६ जबर्जस्ती करणी सात करणी उद्योगकाघटना दर्ता थिए यसपालि कोभिड१९ सङ्क्रमण सन्त्रास छाएको समयमा आम मानिसका बाह्य गतिविधि घट्दा यस प्रकृतिकाआपराधिक घटना भने बढेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट बताउनुहुन्छ

Comments

ताजा खबर