कोहोलपुर र रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष/पूर्वअध्यक्ष दुर्घटनामा गम्भिर घाईते

२०७७, १७ कार्तिक सोमबार २३:४७

पाल्पा ।  कोहोलपुर र रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष/पूर्वअध्यक्ष दुर्घटनामा गम्भिर घाईते वगनाशकाली गाउँपालिका–३, बेलउतीडाँडा पाल्पामा कार दुर्घटनामा परि दुई जना गम्भिर घाईते भएका छन् ।

पाल्पाबाट पोखरातर्फ गैरहेको बा १८ च ४३४१ नम्बरको कार दुर्घटना हुँदा कोहोलपुर उद्योग वाणिज्य संघ अध्यक्ष चक्र अधिकारी र रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष किशोर आचार्य गम्भिर घाईते भएका छन् ।

घाइते ४८ वर्षीय चक्र अधिकारीकाे अवस्था गम्भिर रहेकाे र वर्ष ४५ का किशाेर आचार्यकाे अवस्था मध्यम रहेकाे बताइएकाे छ । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव प्रचारप्रसारमा हिँडेका अधिकारी र आचार्य घाईते भई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि लगिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताए ।

गुल्मीको तम्घासबाट फर्केर उनीहरु तानसेनबाट पोखरा जाँदै गर्दा दुर्घटनामा परेका हुन् । उनीहरु दुवै जना नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने क्रममा रहेको बुझिएको छ । कार सडकबाट १५० मिटर तल खसेकाे छ l

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु