समाचार प्रभावः बल्ल आयो डिएपी मल

२०७७, १६ कार्तिक आईतवार ०८:१२

डोटी, धान काटेर गहुँ छर्ने बेला भइसक्दासमेत जिल्लामा मल नपाउँदा किसान चिन्तित भइरहेको बेला जिल्लामा बल्ल डिएपी मल आएको राष्ट्रिय समाचार समिति (रासस)मा मल नहुँदा किसान चिन्तित भन्ने समाचार प्रकाशित भएपछि कृषि सामग्री कम्पनी लिमिटेडलेयहाँका एग्रोभेटका व्यापारीमार्फत बिक्रीका लाागि मल पठाएको हो

फोटो फाईल

डिएपी मल आएसँगै यहाँका किसानको मल किन्नका लागि पसलमा भीड लाग्न थालेको जिल्लाको प्रमुख व्यापारी केन्द्र पिपल्लाबजारमा रहेको साजन एग्रोभेट तथा शाही एग्रोभेटले डिएपी मल ल्याएका हुन् ती व्यापारीहरुले कम्तीमा पनि दुई/दुई टन डिएपी मलल्याएपछि अहिले मलका लागि किसानको भीड लाग्ने गरेको स्थानीयवासी हर्कहबहादुर बमले बताउनुभयो

उहाँले भन्नुभयो, “जिल्लामा कम्तीमा पनि २५ टन मल आवश्यक पर्छ, अहिले व्यापारीले चार टन मल ल्याएपछि केही राहत भएको कैलालीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडबाट यहाँका व्यापारीले मल ल्याएका हुन्

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले कम्पनीमा मल पठाउनका लागि आग्रह गरेपछि बल्ल जिल्लामा मल आएको हो डिएपीमल आए पनि युरिया मल भने अहिलेसम्म आउन सकेको छैन कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया मल नभएका कारण पठाउननसकिएको कम्पनीले जनाएको भारतबाट नै मल नआएका कारण यहाँका जिल्लामा मल पठाउन नसकिएको कम्पनीको दाबी

Comments

ताजा खबर