नवलपुरको देवचुली नगरपालिकामा गैडाको आक्रमणबाट एक पुरुषको मृत्यु

२०७७, १६ कार्तिक आईतवार ०६:४०

नवलपुर , कार्तिक १६ नवलपुरको देवचुली नगरपालिकामा गैडाको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ ।

फाइल फोटो

देवचुली नगरपालिका वडा नं १७ कुलेनी निवासी ६५ बर्षिय पुरुष जंगिलाल मुखियालाई गैडाले आक्रमण गरि मृत्यु भएको हो ।
आज बिहान करिब ६ बजेको समयमा आफ्नै बारीमा तोरी छर्न जाँदा गैडाले आक्रमण गरेको देवचुली नगरपालिका वडा नं १७ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले  जानकारी दिनुभयो । आक्रमणबाट गम्भीर घाइते मुखियालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको आचार्यले बताउनुभयो ।
आक्रमण गर्ने गैडा चितवन राष्ट्रिय निकुञ्जतर्फ गएको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु