भर्चुअल कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण

२०७७, १६ कार्तिक आईतवार ०३:२७

भर्चुअल कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ ।

फाइल फोटो
नेपालका लागि निता आचार्य र सोनिम मानन्धरले स्वर्ण पदक जितेका हुन् । साथै नेपालले एक रजत तथा सात कास्य पदक प्राप्त गरेको छ । नेशनल कराँते अफ ब्राजिलको आयोजनामा दुई दिनसम्म भएको अनलाइन काता च्याम्पियनसिपमा १३ वर्षदेखि २१ वर्षसम्मको समूहमा आचार्यले २४ दशमलव ७० अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् ।

उनले ब्राजिलकी क्यारोलिन एजोभेदोलाई हराएको प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिनुभयो । यस्तै पुरुषतर्फको प्रतिस्पर्धामा नेपालका सोनिम मानन्धरले २४ दशमलव ९६ अंक प्राप्त गर्दै स्वर्ण जितेका छन् । उनले भारतीय खेलाडी सायक कमाकरलाई हराएका हुन् ।

यस्तै महिला १४ वर्षदेखि १५ वर्ष उमेर समूहमा नेपालका सञ्जु देसारले २५ दशमलव ३१ अंकका साथ रजत पदक प्राप्त गरिन् । पुरुष आठदेखि नौ वर्ष उमेर समूहतर्फ सत्कार घर्ती मगरले कास्य पदक प्राप्त गरेका छन् । अरु विभिन्न प्रतिस्पर्धामा नेपालका दीपिका सापकोटा, अनुभा मङ्गर्ती, मिस्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ र रवीन्द्र मानन्धरले कास्य पदक प्राप्त गरेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु