काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा बुधबारदेखि बन्द गरिने भएको छ।
अस्पतालका सहायक निर्देशक डा. विकास साहले विज्ञप्ति जारी गर्दै अर्को सूचना नहुन्जेलसम्म पूर्ण रुपमा ओपीडी सेवा बन्द रहने जानकारी दिएका हुन्। प्रतिष्ठान परिसरमा कोरोना संक्रमण देखिएपछि संक्रमणलाई फैलिन नदिन र रोकथाम तथा नियन्त्रणका लागि ओपीडी सेवा बन्द गर्न लागिएको विज्ञप्तिमा जनाइएको छ।
कोरोना भाइरसको संक्रमणका कारण धरानमा निषेधाज्ञा जारी गरिएको छ।