फुटबल लिजेन्ड पाउलो रोस्सीको निधन

२०७७, २५ मंसिर बिहीबार ०६:२१

काठमाडौं,  मंसिर २५ । इटलीका फुटबल लिजेन्ड पाउलो रोस्सीको निधन भएको छ ।

फाइल फोटो

उनको ६४ वर्षको उमेरमा रोमको इट्लीमा निधन भएको हो । उनको निधन भएको खबर इटालियन टिभी च्यानल राई स्पोर्टस्ले समाचार सार्वजनिक गर्दै जानकारी दिएको थियो । १९८२ मा इटलीले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए, उनले यस विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट पनि जितेका थिए ।

टेलिभिजन प्रस्तोता इन्निरको भारियलीले भने, ‘निकै भयावह र दुखद् समाचार, पाउलो रोस्सीले हामीलाई छाडेका छन् ।’ यस समाचारलाई सामाजिक सञ्जालमार्फत रोस्सीकी पत्नी फेडेरिका केपिलेट्टीले पुष्टि गरेकी छिन् ।

यद्यपी रोस्सीको निधनको कारण भने अझै खुलेको छैन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु