काठमाडौँ। कोभिड–१९ पछिको वैकल्पिक प्रणालीको शिक्षामा अपाङ्गता भएका बालबालिकाको पहुँच बढाउन स्थानीय तहमा समन्वयात्मक रसहयोगात्मक कार्य हुनुपर्ने देखिएको छ ।
मुलुकका सात प्रदेशमा अवस्थामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट भइरहेको समावेशी शिक्षामा अपाङ्गता भएकाबालबालिकाको पहुँचबारे हालै गरिएको तयार गरिएको स्थिति प्रतिवेदनले त्यस्ता विद्यार्थीमा वैकल्पिक विधिबाट शिक्षा पाउन पर्याप्तपहुँच नभएकाले स्थानीय तह र सम्बन्धित पक्षबीचको समन्वय तथा सहयोग बढाउनुपर्ने आवश्यकता देखाएको हो । नेपालका लागिअष्ट्रेलियाली दूतावासको सहयोगमा अपाङ्गता मानवअधिकार प्रवद्र्धन समाजले गरेको अध्ययनबारे आज भर्चुअलरुपमा आयोजितअपाङ्गता अधिकारकर्मी तथा अधिवक्ता सुदर्शन सुवेदीले बौद्धिक अपाङ्गता, अटिजम, ड्राउन सिन्ड्रोम, पूर्ण अपाङ्गता भएका र सबैबालबालिकालाई शिक्षामा सहज पहुँचवृद्धिका लागि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घका पूर्वअध्यक्ष सुवेदीले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि वैकल्पिक शिक्षा पहुँचयोग्य नभएकोजनाउँदै कमजोर आर्थिक स्थिति, इन्टरनेटको असुविधा र सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा अभ्यस्तताको अभावका कारण पनिसमस्या उत्पन्न भएको बताउनुभयो । हाल विद्यालय तहमा अपाङ्गता भएका बालबालिका करीब ७५ हजार छन् ।
शिक्षाविद् डा वासुदेव काफ्लेले सरकारी संरचनाभित्र समावेशी नीति उचित हुनुपर्ने आग्रह गर्दै शिक्षामा नीतिमा मात्र नभई कार्यमुखीसमावेशीताको कार्यान्वयनमा सरकार र सम्बद्ध निकाय लाग्नुपर्ने जनाउनुभयो । उहाँले समावेशी शिक्षाको प्रभावकारिताका लागिशिक्षकको उचित प्रबन्ध र अभिभावक सचेतनाका लागि काम गर्नुपर्ने बताउनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयका सामाजिक कार्यसमूहका अध्यक्ष प्रदिप्ता कादम्बरीले सरकारी नीति र निर्देशिकाको अभाव नभए पनिकार्यान्वयनका क्षेत्रमा देखिएका कमजोरी र असमन्वयको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अधिकृत नारद धमलाले यस क्षेत्रमा हालसम्म भएका कामबारे सकारात्मक मूल्याङ्कन गरीसुधानुपर्ने पक्षमा सम्बन्धित पक्ष क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको सञ्जाल (एआइएन) का अपाङ्गता कार्य समूहका संयोजक वीर नेपाली स्थानीय तहले लक्षितवर्गलाई लाभ हुने गरी समन्वय र सहयोगलाई बलियो बनाउन प्रभावकारी सहजीकरण गनुपर्ने बताउनुभयो । अष्ट्रेलिया अध्ययन गरेरफर्किएका दीपावली शर्माले आफूहरुले विदेशमा पढेका र देखेका शिक्षाका राम्रा अभ्यास तथा स्रोत साधनलाई स्वदेशको विकासमाउपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले अपाङ्गता भएका बालबालिकाकोशिक्षामा पहुँचबारे विस्तृत र स्थलगत अध्ययन गरी नीतिगत सुझाव दिन आग्रह गर्नुभयो ।