राससका महाप्रबन्धकलाई कोरोना सङ्क्रमण

२०७७, १५ कार्तिक शनिबार ०७:०४

काठमाडौँ, राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको उहाँका परिवारका सदस्यलाईपनि केही दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो महाप्रबन्धक शर्मा होम आइसोलेशनमा हुनुहुन्छ

स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू सङ्क्रमित हुन पुगेको बताउँदै उहाँले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाईआइसोलेशनमा रहन आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गर्नुभएको स्वास्थ्य मापदण्ड पालना गर्दै उहाँ नियमित कार्यालयमाउपस्थित हुनुहुन्थ्यो महाप्रबन्धक शर्मासँगै उहाँका चालक लीलाराम देवकोटालाई पनि आजै सङ्क्रमण पुष्टि भएको उहाँ पनि होमआइसोलेशनमा हुनुहुन्छ उहाँहरु दुवैलाई शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोरानाका सामान्य लक्षण देखिएका छन्

Comments

ताजा खबर