मगर समुदायको पुख्र्यौली थलो ‘कोटगाउँ’ ओझेलमा

२०७७, १४ कार्तिक शुक्रबार ०५:१५

गलेश्वर, मगर समुदायको पुख्र्यौली थलो कोटगाउँ ऐतिहासिक प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको म्याग्दीको रघुगङ्गा गाउँपालिका मा पर्ने कोटगाउँ  शेरपुंजा पाइजा थरका मगरहरुको गर्विलो इतिहास लुकेको ऐतिहासिक गाउँ हो यही गाउँबाट यी दुई थर मगर समुदाय देशैभरि फैलिएका स्थानीय वृद्धवृद्धाहरुको भनाइ

फोटो फाईल

कोटगाउँको इतिहास चार सय वर्ष पुरानो चार सय वर्ष पहिले सेवा सुन्दर नाम गरेका दुई भाइबाट शेरपुंजा पाइजाको वंशवृक्षझ्याङ्गिएको स्थानीय दलप्रसाद शेरपुंजाले बताउनुभयो उहाँका अनुसार सेवा सुन्दर नाम गरेका दुई भाइले थर परिवर्तन गरेर एकभाइ कोट गाउँ एक भाइ पाखापानीमा बस्न थाले सेवा जेठा सुन्दर कान्छा थिए शेरपुंजा थरका ती दुई भाइमध्ये सुन्दर नाम गरेकोभाइले थर परिवर्तन गरी पाइजा बने उनी कोटगाउँबाट बसाइँ सरी पाखापानीमा गए

त्यसभन्दा अघि शेरपुंजा थरका मगरहरुलाई सोलीडोली चलाउन विवाह गर्न निकै कठिन पर्दथ्यो उनीहरुका कुटुम्बी कोही नहुँदाविवाह गर्न समस्या परेपछि गाउँमा बूढापाकाहरुको भेला बसेर सुन्दरलाई पाइजा बनाई पाखापानीमा पठाइएको कोटगाउँका ७२ वर्षीयगौबहादुर शेरपुंजाले जानकारी दिनुभयो

सुन्दर पाखापानीमा पाइजा भनेर चिनिन थाले सुन्दर सेवाका सन्ततिहरुको एकापसमा विवाह सोलीडोली चल्न थाल्यो त्यसपछिशेरपुंजा पाइजाका बीचमा विवाह हुने चलन शुरु भयो दुवै थरको सन्तान झ्याङ्गिदै गए वंश विस्तार गर्नकै लागि शेरपुंजाहरुले एकभाइको थर परिवर्तन गरेर  विवाह गर्ने चलन शुरु गरेका अहिले पाइजा शेरपुंजाका बीचमा विवाह गर्ने परम्परा बसेको गौबहादुरलेबताउनुभयो

यसरी शुरु भएको शेरपुंजा पाइजाहरुको वंशवृक्ष झ्याङ्गिदै नेपालका विभिन्न ठाउँहरुमा पुगेको अहिले कोटगाउँमा ९६ घरधुरीकोमात्र बसोबास रहेको तीमध्ये शेरपुंजाका ५० घरपरिवार, पाइजाका १७, थजालीका सात, गर्बुजाका १४ दलितका आठ घरपरिवारमात्र कोटगाउँमा बस्दै आएका छन्

Comments

ताजा खबर