बाँसटारीमा बस र टिप्पर ठोकिदा ८ घाईते ।

२०७७, १४ कार्तिक शुक्रबार ००:१३

पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन ७ बाँसटारीमा बस र टिप्पर ठोक्किदा ८ जना घाईते भएका छन् । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३०६७ नम्बरकोे टिप्परले बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख ९९८२ नम्बरको यात्रुवहाक बसलाई ठक्कर दिएको हो ।

बिहिबार दिउसो भएको दुर्घटनामा परि पाल्पा रिब्दिकोट गाउँपालिका २ बस्ने ४५ वर्षीय केशव भट्टराई, रिब्दिकोट १ बस्ने २३ वर्षीय सालिकराम बि.क., सोही स्थानका चन्द्र बहादुर सुनार, रुपन्देही बुटवल उपमहानगरपालिका ३ बस्ने १६ वर्षीय पूजा सुनार, पाल्पा पूर्वखोला ३ बस्ने ३२ वर्षीय हिरादेवी राना, रिब्दिकोट ४ बस्ने ३४ वर्षीय शेर बहादुर थापा, रुपन्देही तिलोत्तमा ३ बस्ने ७१ वर्षीय दुर्पता गैरे र नवलपरासी अस्नैया गणेशबस्ति बस्ने ६ वर्षीय युगेश घर्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु