ठुलो मात्रामा सैनिक सामाग्री हस्तान्तरण गर्ने तयारी:भारतीय सेनाअध्यक्षको नेपाल भ्रमणमा

२०७७, १३ कार्तिक बिहीबार ०९:३६

काठमाण्डुभारतीय सेनाका स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर मा नेपाल भ्रमणमा आउने तय भएको त्यसको पुष्टिदुवै देशका सेनाले आधिकारीक रुपमा गरिसकेका छन् भारतीय गूप्तचर संस्था रअका प्रमुख सामन्त गोयलको गोप्य रुपमा भएकोनेपाल भ्रमणपछि नरभाने काठमाण्डु भ्रमणमा आउंदैछन् यद्यपी सेनाअध्यक्ष नरभानेको भ्रमण गाेयलको नेपाल भ्रमणअघि नै तय भएकोहो

फोटो फाईल

उनको भ्रमणको तयारी दुवै देशका सेनाले तिव्र रुपमा गरिरहेका छन् भारतिय सेनाअध्यक्षको नेपाल भ्रमणका क्रममा उनले नेपालीसेनाले ठुलो सैन्य सहयोग समेत हस्तान्तरण गर्ने तयारी

सेनाअध्यक्ष नरभाने चार सदस्यीय भ्रमण दलका साथ काठमाण्डु आउंदैछन् उनले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्चस्तरिय राजनीतिक भेटवार्ता समेत गर्नेछन्

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा उनि यसअघि नै नेपाल भ्रमणमा आउने तयारी भएपनि नेपालले कसैकोइसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि सरकारले उनको भ्रमण स्थगित गरेको थियो त्यसपछिभारतले उनको भ्रमणको लागी निकै पहल गरेपनि मिति भने तय भएको थिएन् तर, पछिल्लो दुवै देशका सरकार प्रमुखबीच संवादभएसंगै भारतिय सेनाअध्यक्ष भ्रमणको तयारी अघि बढेको हो नेपाली सेनालाई भारतिय सेनाले उनको भ्रमणको लागी पटक पटककोआग्रहपछि मिति तय भएको सैनिक स्रोतको दावी

भारतीय सेनाअध्यक्ष नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गर्न आउन लागेको भएपनि नेपाल भ्रमणको क्रममा उनले उच्चस्तरियभेटवार्ता गर्ने कार्यक्रम नरभानेले आफ्ना समकक्षी थापासंग एक्लै द्धिपक्षीय वार्ता गर्ने तयारी समेत भारतमा नै नेशनल डिफेन्सकोर्स गरेका सेनापति थापाले भारतिय सेनाको मानार्थ महारथीको पदवी गत वर्ष नै ग्रहण गरिसकेका छन् तर, भारतिय सेनाअध्यक्षलेभने सेनापति भएको एक वर्ष पुगिसक्दा समेत उक्त पदवी ग्रहण गर्न पाएका छैनन्

भारतीय सेनाका सेनाअध्यक्षको नेपाल भ्रमणपूर्व भारतले नेपाली सेनालाई केही सैनिक सामाग्री समेत हस्तान्तरण गरिसकेको उनकोभ्रमणको बेला समेत सेनालाई ठुलो मात्रामा भेण्टिलेटर वटा अस्पतालको सामाग्री हस्तान्तरण गर्ने तयारी दुवै देशका सेनाकाअधिकारीहरु त्यसैको तयारीमा जुटेको सैनिक स्रोतले जानकारी दियो

करिव ४०, ५० करोडसम्मको मेडिकल सामाग्री सेनालाई आवश्यक पर्ने सवारी साधनलगायतका सामाग्री हस्तान्तरण गर्ने तयारीमा छौं हामी त्यसको तयारीमा जुटेका छौं, सवै तयारी पुरा भयो भने सेनाअध्यक्षकै भ्रमणको बेला हस्तान्तरण हुन्छ यदी भएन भने अहिलेघोषणा भएर पछि हस्तान्तरण गर्छौ स्रोतले काठमाण्डुपाटीसंग भन्यो

भारतीय सेनाअध्यक्ष भ्रमणको क्रममा नेपाली सेनासंगको सैनिक सम्बन्धलाई मजबूत बनाउने, दुवै देशबीच हुंदै आएका संयुक्त सैनिकअभ्यासलाई अझै प्रभावकारी ढंगले अघि बढाउने क्षेत्रीय अन्र्तराष्ट्रिय सुरक्षा परिस्थितीको बारेमा समेत छलफल हुनेछ उनलेत्यसबारेमा कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसंग अन्तरक्रिया गर्दै आफ्ना धारणाहरु समेत राख्ने कार्यक्रम तय भएको

भारतले कालापानी, लिपुलेक लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच सीमा विवाद चर्किएकोथियो त्यसपछि नेपालले उक्त भुभागलाई नेपालको नक्सामा राखेर नयां नक्सा प्रकाशित गरेसंगै नेपाल भारत सम्बन्धमा चिसो पनासुरु भएको हो यसअघि भारतले नेपालमा नाकाबन्दी लगाउंदा समेत दुवै देशको सम्बन्ध चिसिएको थियो नेपालले संविधानजारीगरेसंगै भारत नेपालसंग चिढिएको थियो

त्यसपछि दुवै देशको नेतृत्वको बिचमा संवाद बन्द भएको थियो पछि नेपाली सेनाका तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको भारतभ्रमण भएको थियो उनकै पहलमा दुवै देशको राजनीतिक नेतृत्वबीच सम्वाद सुरु भएको थियो त्यो बेला समेत केपी शर्मा ओली नैप्रधानमन्त्रीको भुमिकामा थिए उनकै निर्देशनमा सेनाका तत्कालिन उपरथी हिमालय थापा सेनापति राजेन्द्र क्षेत्रीले मध्यस्थता गरेकाथिए

सेनापतिको भारत भ्रमणलगत्तै प्रधानमन्त्री ओलीले भारतको भ्रमण गरेका थिए यसपटक पनि प्रधानसेनापति थापाको पहलमा उनलेभारतसंग संवाद थालेको धेरैको बुझाई सेनाले उनको भ्रमणलाई नियमित पारस्परिक भएको दावी गरेपनि यसको पछाडी सम्बन्धसुमधुर गर्ने राजनीतिक अभिप्राय देखिएको बताइन्छ

भारतको चर्को रुपमा आलोचना गर्ने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षामन्त्रालयबाट हटाएर प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मेवारीलाईकतिपय भारतसंगको सम्बन्धलाई सुमधुर गर्ने प्रधानमन्त्रीको प्रयासको रुपमा समेत बुझेका छन् हाल रक्षामन्त्रालय समेत प्रधानमन्त्रीओलीले नै राखेका छन्

भारतिय सेनाअध्यक्षको भ्रमणपछि उक्त मन्त्रालयको जिम्मेवारी टोपबहादुर रायामाझीलाई दिने तयारी त्यसमा प्रधानसेनापतिथापाको पनि सकरात्मक भुमिका रहेको स्रोतको दावी

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु