युभेन्टसको मैदानमा बार्सिलोना विजयी

२०७७, १३ कार्तिक बिहीबार ०७:४५

एजेन्सीयूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको समूह जी को खेलमा बार्सिलोनाले युभेन्टसलाई पराजित गरेको युभेन्टसको घरेलु मैदानमा बार्सिलोना को जित दर्ता गर्न सफल भयो

फोटो फाईल

खेलको १४ औं मिनेटमा नै बार्सिलोनाले ओस्मान डेम्बेलेको गोलमा अग्रता लिएको थियो कप्तान लिओनेल मेस्सीले दिएको लामोपासलाई नियन्त्रणमा लिँदै दुई डिफेन्डरको बीचबाट डेम्बेलेले गरेको प्राहार गोलरक्षक वोजचिएक सेचेज्नीले बचाउन सकेनन्

युभेन्टसका फरवार्ड अल्भारो मोराटाले दुई पटक गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै गोललाई मान्यता दिएनन् ६९ औं मिनेटमा अद्रिएन राबीओटले पाएको अवसर सदुपयोग गर्न नसक्दा युभेन्टस खेलमा फर्कनबाट चुक्यो लगत्तै एन्टोइनग्रिजमनको प्रहार पोस्टभन्दा थोरैले बाहिरिंदा बार्साले अग्रता दोब्बर पार्न सकेन

खेलको ८५ औं मिनेटमा युभेन्टस १० खेलाडीमा सिमित भयो युभेन्टसका डिफेन्डर मरिह डेमीरालले दोहोरो पहेंलो कार्ड पाउँदै मैदानछाड्न बाध्य भएका थिए

खेलको अन्तिम मिनेटमा बार्सिलोनाले पेनाल्टी प्राप्त गर्यो फेडेरिको बर्नाडेस्कीले अन्सु फातीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीलेपेनाल्टी दिएका थिए उक्त पेनाल्टीमा कप्तान लिओनेल मेस्सीले गोल गर्दै जित सुनिश्चित गरे इन्ज्युरी समयमा फातीले सुवर्णअवसर सिर्जना गरेपनि आफैं प्रहार नगरी पास दिन खोज्दा गोल गर्नबाट चुके

यस जितसँगै बार्सिलोनाको खेलमा अंक भएको युभेन्टस भने खेलमा अंकसहित दोस्रो स्थानमा समान अंकजोडेको किएभ फेरेन्कभरोस भने तेस्रो चौथो स्थानमा छन् किएभ फेरेन्कभरोसको खेल को बराबरीमा टुंगिएको हो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु