बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर

२०७७, १३ कार्तिक बिहीबार ०७:२४

राँझा,बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको भेरी अस्पतालनेपालगञ्जमा १६ जना शिक्षण अस्पताल कोहलपुरमा उपचाररत गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्यकार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो

फोटो फाईल

उहाँका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा २२ जनाको आइसियुमा राखेर उपचार भईरहेको भेरी अस्पतालकोआइसोलेसनमा ५२ जना शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको उपचार भईरहेको उपचाररत ८६ बिरामीमध्ये, २३ जना गम्भीर, ४१ जना मध्यम २२ जना सामान्य बिरामी रहेको श्रेष्ठले बताउनुभयो बाँकेमा १७७ जनासङ्क्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन्

बाँकेमा हालसम्म तीन हजार ४० जनामा कोरोना सङ्क्रमण देखिएकोमा ३० जनाको मृत्यु भईसकेको भने दुई हजार ७१२ जना उपचारपश्चात निको भएका छन् जिल्लामा हाल २९८ जना सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्तिश्रेष्ठले जानकारी दिनुभयो

Comments

ताजा खबर