यस बर्ष बन्दिपाेखराकाे लिपिन्देबी र रिब्दिकाेटकाे भारकाेटमा सराई नाच नहुने तर सामान्य पुजा गरि मनाइदै ।

२०७७, १३ कार्तिक बिहीबार ०३:२०

सन्ताेष गहतराज ,,पाल्पा । याे बर्षमा पाल्पाको तानसेन नगरपालिका वडा न ११ स्थित समाेबारीमा सराई नाच नहुने तर सामान्य पुजा आजा  गरि मनाइने भएको छ ।

फाईल फोटो

विश्वमा महामारी रूपमा फैलिएको काेराेना भाइरस काेविड १९ काे संक्रमणलाई मध्ये नजर गरि मन्दिर व्यवस्थापन समितिले पुजा आजा गरिए पनि सराई नाच भने  नहुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा हरेक वर्ष दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा ऐतिहासिक सरायँ नाच हुने गर्दथ्यो । स्थानीय युवा क्लवको आयोजनामा राष्ट्रिय कलाकारका साथ सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिन्थ्यो । मन्दिरमा पूजाआजाका साथै सरायँ नाच र सांस्कृतिक कार्यक्रम हेर्न हजारौंको उपस्थिति हुँदै आएको थियो । ‘तर यसवर्ष कोरोनाका कारण भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेकाे मन्दिर व्यवस्थापन समितिका सचिव नर बहादुर सारूले गाेर्खाली भ्वाइससँगकाे कुराकानी बताउनु भयाे । त्यस्तै रिब्दिकाेट गाउँपालिका स्थित भारकाेटमा पनि याे बर्ष काेराेनाकाे कारण पुजा चले पनि सराई नाच तथा सास्कृतिक कार्यक्रम सञ्चालन नहुने गाउँपालिकाका अध्यक्ष नारायण जिसीले बताउनु भएको छ । प्रत्येक बर्ष हजारौं भक्तजनहरूकाे भिड लाग्ने उक्त स्थानमा पाल्पाका विभिन्न ठाउहरूबाट सराइ नाच तथा सास्कृतिक कार्यक्रम सञ्चालन हुने गरेको थियाे । याे बर्ष काेराेनाकाे कारण नेपाल सरकारले कुनै पनि भिडभाड हुने कार्यक्रम नगर्न अार्गह गरेको बताउदै साेहि अनुसार याे बर्ष सामान्य पुजा बाहेक अरू कार्यक्रम नहुने बताउनु भयाे । याे बर्ष काेराेना भाइरसकाे कारण पाल्पा सञ्चालन हुने मेला,जात्रा तथा महाेत्सव सञ्चालन भएका छैन

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु