सेयर कारोबार आजबाट खुल्दै

२०७७, १२ कार्तिक बुधबार ०४:५८

काठमाडौं , कात्तिक १२ । दशैंका कारण ५ दिनदेखि बन्द रहेको सेयर बजार आज बुधबारबाट खुला हुँदैछ । साथै बैंक तथा वित्तीय संस्थाहरु पनि आजैदेखि खुला हुँदैछन् । सेयर बजारका साथै बैंक तथा वित्तीय संस्थाहरु पनि दशैं विदाका कारण कात्तिक ७ गतेदेखि बन्द रहेका थिए ।

फाईल फोटो

दशैं विदा अघि अन्तिम कारोबार दिन (कात्तिक ६ गते) नेप्से सूचक ८.५४ अंकले बढेर १६०६.२५ विन्दुमा बन्द भएको थियो । १८७ वटा सूचीकृत कम्पनीको १ अर्ब ९९ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोेबार भएको थियो । कुल ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर किनबेच भएको थियो ।

Comments

ताजा खबर