बैङ्किङ कसुरका फरार अभियुक्त पक्राउ

२०७७, ११ कार्तिक मंगलवार १४:१७

झापा,अदालतबाट दुई महिना कैद रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन्

जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैङ्किङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्चअदालत, विराटनगरको इजलासले कनकाइ नगरपालिका निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईँलाई एक महिना कैद रु २५ लाखबिगोसहित दुवै सजाय तोकेको थियो

फोटो फाईल

प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले दिएको जाहेरीका आधारमा सोही मुद्दामा सो अदालतले ०७६ पुस २१ गते एक महिना कैद रू ९०लाख बिगोसहित दुवै सजाय फैसला गरेको थियो

प्रवक्ता थापाले कार्यालय खुलेपछि प्रतिवादीलाई अदालतमा उपस्थित गराइ थप कानूनी कारबाही अघि बढाइने बताउनुभयो

झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्तलाई आफ्नै गाउँबाट पक्राउ गरेको थापाले जानकारी बताउनुभयो प्रसाईँलाई कार्यालय खुलेपछि अदालतसमक्ष उपस्थित गराइने

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु