जलजलामा एक घर एक पिसिआर परीक्षण

२०७७, ११ कार्तिक मंगलवार ११:१०

पर्वत,जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकालेएक घरएक पिसिआर जाँचअभियान शुरू गरेको हो

गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सो सुविधा लिन अपिल गर्नुभयो उहाँले कोरोनालाई हेलचेक्य्राइँ गर्ननहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे  समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालनगरिने बताउनुभयो

फोटो फाईल

आज बिहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीयअधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो

हरेक घरमा एक जनाको स्बाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारका भने सबैको संकलन गरिने भएको यसअघिगाउँपालिकाका करीब पाँच सय जनाको पिसिआर परीक्षण गरिसकिएको   यसैबीच तत्काल पाँच शय्याको कोरोना अस्पतालबनाएर आवश्यकतानुसार विस्तार होम आइसोलेशनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकालेजनाएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु