बसन्त र शान्ति श्रीको स्वर रहेको ”डाँफे चरी” ले दर्शकको मन जीत्दै । (भिडियो )

२०७७, ११ कार्तिक मंगलवार ०३:४६

बुटवल । बुटवलको बुद्ध टेलिभिजनमा कार्यक्रम प्रस्तोता एबम् चर्चित गायक बसन्त लम्साल र गायीका शान्ति श्री परियारको जादुमय स्वरमा सजिएको “डाँफे चरी “ गीत बिजयादशमीको अबसर परेर सार्वजनिक  गरियकोछ ।

रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै संगीत भरेका छन् । अन्य भिडियोमा भन्दा यस गीतको भिडियोमा पल र रियासाको जोडीलाई फरक तरिकाले प्रस्तुत गरिएको छ । आफूले माया गरेको मान्छेलाई अर्कैले लैजान खोज्दाको पिडा पलले देखाएका छन् । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा सम्पादन दीपक बिष्टले गरेका छन् भने कलर प्रबिन भट्टले गरेका छन् । 

झण्डै ६० वटा गीति एल्बम बजारमा सार्वजनिक गरिसकेका गायक लम्साल यस गीतलाई दर्शक तथा स्रोताले मन पराउनेमा पुर्ण आशावादी छन् । गायक बसन्तका यसअघिका ‘मृत्यु दण्ड’, ‘बिछोडको घाँउ’, ‘जिउँदै श्रद्धाञ्जली न देउ आत्मालाई’,‘हाम्रो प्यारो अर्घाखाँची’ टीकटक खोल्दा तिम्रै भिडियो आउछ लगायतका दर्जनौं गीत चर्चित छन् ।

भिडियो हेर्नुहोस् ।  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु