मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

२०७७, ७ कार्तिक शुक्रबार ०९:५९

कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँलगिएको मुख्यमन्त्री  पौडेलसँगै उहाँकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी लगिएको  ।

फोटो फाईल

मधुमेहका बिरामी  मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो एक दिनअघि कोरोना संक्रमण पुष्टिभएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंँडा अस्पतालका चिकित्सकद्वारा  पौडेलको उपचार गरिएको थियो   नेपालीसेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौंँ लगिएको पौडेलका प्रेस संयोजक प्रकाश दाहाललेजानकारी दिनुभयो

पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको स्वास्थ्यावस्था सामान्य रहेको बताइएको एकदिनअघि मुख्यमन्त्रीपौडेलसँगै उहाँकी धर्मपत्नी, एक  सुरक्षाकर्मी, दुई चालक एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो

Comments

ताजा खबर