नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’

२०७७, ७ कार्तिक शुक्रबार ०३:०८

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आम नागरिकको जीवनप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभएको गणेशमान सिंहअध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य जोशीले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी मुलुक जनताकोजीवनमा सकारात्मक परिवर्तन ल्याउन मूल जिम्मेवारी बोकेको सरकार जनताले भोग्नुपर्ने पीडाप्रति उदासीन देखिएको बताउनुभयो

फोटो फाईल

नेता जोशीले सात महिना लामो बन्दाबन्दी निषेधाज्ञाका कारण आर्थिक क्षेत्रमा शिथिलता आएको लाखौँ जनताको रोजगारी गुमेकोअवस्थामा कोभिड१९ को उपचारमा सरकारले हात झिक्नु बिडम्वनापूर्ण कुरा भएको बताउनुभयो क्वारेन्टिनको अवस्था दयनीय हुनु, पर्याप्त मात्रामा आइसोलेसन नहुनु, अस्पतालमा भेन्टिलेटरको अभावले जनताले जीवन गुमाउनुपर्ने, आम नागरिकले चिकित्सककोनिगरानीमा उपचार पाउन नसक्नु दुःखद् कुरा हो”, नेता जोशीले भन्नुभयो

पूर्वउद्योगमन्त्री जोशीले भ्रष्टाचारका कारण राजनीति क्षेत्र कमजोर हुँदै गएको उल्लेख गर्नुभयो सरकारको भूमिकाबाट लोकतान्त्रिकसंविधान कमजोर हुँदै गएको उहाँको भनाइ उहाँले आम नागरिकको रगत पसिनाबाट आर्जित सङ्घीय लोकतान्त्रिकव्यवस्थामार्फत बनेको सरकारले लोकतान्त्रिक समाजवादका माध्यमबाट समृद्ध जनता समुन्नत मुलुक निर्माणमा लाग्नुपर्ने बताउनुभयो

Comments

ताजा खबर