बाबा आमा नभएकि सुस्मिता गुरुङलाई पन्चासे समाज जापानले संकलन गरेको सहयोग रकम हस्तान्तरण ।

२०७७, ६ कार्तिक बिहीबार ०१:११

जापान ।  खाना बनाउने क्रममा प्रेसर कुकर बिस्फोट भई गम्भीर चोट लागेका लम्जुङ्ग दोर्दी गाउँपालिका वडा नं ७ उपल्लो माझखर्क निवासी सुस्मिता गुरुङलाई पन्चासे समाज जापानको संयोजनमा संकलन गरिएको तिन लाख अन्ठाउन्न हजार सहयोग रकम गुरुङलाई पठाईएको छ ।

बाबा आमा नभएकी गुरुङलाई उपचारका लागि काठमान्डौको ग्रान्डी हस्पिटलमा  राखिएको छ । बाबा आमा बिते पछि काका धन बहादुर गुरुङले पालन पोषण गरेको सुस्मिता खाना पकाउने समय दुर्धटना परेपछि गुरुङको अनुहार र शरिर जलेको छभने गम्भिर अवस्थामा उपचार गरभईरहेको छ । गम्भिर अवस्थामा उपचार गर्न परेका कारण आर्थिक अभाव भएको जानकरी आएपछि आर्थिक सहयोग संकलन गरिएको पंन्चासे समाज जापानका अध्यक्ष एवं एनआरएन जापानका सदस्य समेत रहेका जिवन गुरुङले बताउनु भयो । 

सुस्मिता गुरुङ सहयोगका लागि जापानबासिबाट तिन लाख अनठाउन्न हजार बहत्तर रुपैया गुरुङका परिवारमा सहयोग रकम उपचारका लागि हस्तान्तरण गरिएको छ । यस अभियानमा सहयोग गर्ने सबै सहयोगदातामा समाजले धन्यबाद दिएको छ ।

करिब एक महिना संचालन गरिएको सुस्मिता गुरुङ सहयोग अभियानको संयोजन जिवन गुरुङ, भोज गुरुङ र रुपेश गुरुङले गरेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु